सर्लाहीको हरिपुर्वा नगरपालिका–१ समाजवादीले खाता खााेल्याे

सर्लाहीको हरिपुर्वा नगरपालिका–१ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर जित हात पारेका हुन् ।

निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामविश्वासले ३२८ मत मात्र प्राप्त गरेपछि राय विजयी भएका हुन् ।

यस्तै सत्तारुढ दल नेकपाले ३ सय २८ प्राप्त गरेको छ भने जनमत पार्टीले ५२ मत ल्याएको छ ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवारले २३ मत पाएको सर्लाहीका निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए ।