बुटवल–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विधेयक खारेज नगरिए देश छिटैनै फिजीकरण र सिक्किमीकरणको वाटो तर्फ जाने वताएका छन् ।
अखिल नेपाल शिक्षक संघ पाँचौं राष्ट्रिय परिषदलाई आज बुटवलमा सम्बोधन गर्दै अध्यक्ष केसीले देशमा केहि लेडुप दोर्जेका कारण हेर्दाहेर्दै सिक्किमीकरण र फिजीकरण तर्फ लान खोजेको आरोप लगाएका हुन् ।
अध्यक्ष केसीले भने, ”विदेशीलाई नागरिकता दिलाएर नेपाललाई फिजीकरण र सिक्किमीकरण बनाउने खेल भइरहेको छ, नागरिकता विधेयकलाई लत्याएर सरकारले प्रमुख जिल्ला अधिकारीमार्फत विदेशीलाई नागरिकता बाँड्ने काम गरेको छ ।
जन्मको आधारमा नागरिकता दिने सरकारको पछिल्लो निर्णय राष्ट्रघाती कदम भएको टिप्पणी गर्दै संसदमा छलफलकै क्रममा रहेको वताए ।
‘अंगीकृतबाट जन्मिएकालाई वंशजको नागरिकता किन दिनुको पछाडिको कारण के हो ?,’ केसीले प्रश्न गरे, केसीले संघियता, नागरिकताको पछाडी कसको खेल हो जनताहरुले अव त वुझनु पयो त्यो छलङग भईसक्यो । अध्यक्ष केसीले शिक्षामा भएको निजीकरणले देशमा जनशक्ति बस्ने वातावरण नरहेको बताए ।