जन्मदिन मनाउन माधवकुमार नेपाल चन्द्रागिरिमा(तस्बिर सहित)

२४ फागुन काठमाडौं । पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्नाे ६७ ओं जन्म उत्सवकाे उपलक्ष्यमा चन्द्रागिरिकाे भ्रमण गरेका छन् ।

पत्नी गायत्री नेपाल र बागमती प्रदेशका सांसद तथा उद्योग ,पर्यटन वन तथा वातावरण समितिका सभापति रमा आले मगर सहित नेपाल चन्द्रागिरिकाे भ्रमणमा पुगेका हुन् ।

नितान्त पारिवारिक भ्रमणमा पुगेका पुर्व प्रधानमन्त्री नेपाल माथी पुग्ना साथ हिमपात र असिना समेत वर्सिएकाे थियाे ।
नेपालले हिउँ संगै रमाउदै फाेटाे समेत लिएका थिए ।
नेपाल भालेश्वरु मन्दिरमा आयाेजित पुजामा सहभागी भई अन्य आगन्तुक लाई समेत प्रसाद बितरण गरेका छन् ।

पुर्वप्रधान मन्त्री नेपालकाे साथमा भाईहरू विनाेद नेपाल र सराेज नेपाल वहिनीहरू ईन्दिरा बसुधा छाेरी ज्वाइँ सुमन र विशाल समेत चन्द्रागिरि पुगेका हुन् । पारिवारिक कार्यक्रम रहेकाे र आज शनिवार  फर्कने साथमै रहेका स्वकीय सचिव माेहन गाैतमले बताए ।

तस्बिरहरू