• ट्रेण्डिङ :

नियम मिच्दै महालवहाक कन्टेनरमा ५२ यात्रु र चालक नियन्त्रणमा

नियम मिच्दै महालवहाक कन्टेनरमा ५२ यात्रु र चालक नियन्त्रणमा

cnewsnepal

बुधबार, चैत्र १२ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


१२ चैत, वीरगञ्ज । नियम उलङघन गर्ने कन्टेनर चालक सहित ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

काठमाडौंवाट समान अनलाेड गरेर वीरगञ्ज जाँदै गरेकाे कन्टेनर भित्र लुगेर जाँदै गर्दा ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएकाे छ ।

उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए ।

काठमाडौंमा सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा मानिसहरु चढेका थिए । उनीहरुले कन्टेनर चालकलाई २–२ सय रुपैयाँ भाडा दिएको यात्रुहरूले उदृत गर्दै बताएको हाे ।

नियन्त्रणमा रहेका यात्रुहरूलाई प्रहरीले छाडेकाे छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार