नेकपाले ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगायो :अध्यक्ष तथा सचिवको नामावली भोली

नेकपाको सचिवालय बैठक बालुवाटारमा सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरु ।

८ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार बालुवाटारमा बसेको बैठकले अध्यक्ष र सचिवको टुंगो लगाएको हो । वैठक पछि पत्रकारहरु संग कुरा गदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले  ७७ वटै जिल्लाका अध्यक्ष तथा सचिवको नामावली भोली पत्रकार सम्मेलन गरि जानकारी दिईने वताएका छन् । ।