• ट्रेण्डिङ :

बालुवाटारमा निकटस्तहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली

बालुवाटारमा निकटस्तहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली

cnewsnepal

बुधबार, असार १७ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीनेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट स्थायी कमिटी सदस्य तथा मन्त्रीहरूलाई छलफलका लागि बालुवाटार बोलाएका छन्।

नेकपाको मंगलबार बसेको स्थायी नेकपा स्थायी समिति बैठकमा बोल्ने अधिकाशं नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका थिए।
आज स्थायी समितिको वैठक बस्दै छ। ओलीले वैठकमा आफ्नो रणनीति र कसरी प्रस्तुत हुने भन्ने विषयमा सल्लाह गर्न लागेको श्रोतको दाबी छ।

मन्त्री तथा स्थायी समिति सदस्यसँगै ओली निकट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ र प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई पनि छलफलका लागि बोलाइएका छन्।
मंगलबारको स्थायी समिति वैठकमा बोलेका १८ मध्ये १७ जना सदस्यले ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।
ओलीले भने ती दुबै माग अस्वीकार गर्दै आएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार