काठमाडौं, १ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही सांसदहरु शीतल निवास पुगेका छन् । बुधबार (आज) दिउँसो १२ः४५ बजे संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर भीम रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् ।
जानकारी अनुसार उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखिएको निवेदन र ८० जना भन्दा बढी सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् ।
शीतल निवास पुगेका सांसदहरुले आफूहरुको निवेदन षड्यन्त्रपूर्वक बुझ्न नमानेको आरोप लगाएका छन् । घण्टौं कुर्दा पनि राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई भेट्न नसकेको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
