संसद विघटनको सिफारिस गम्भीर गल्ती तथा अप्रजातान्त्रिक कदम : नेकपा मसाल

राेसन दानी  काठमाडाैं, ५ पुष । नेपाल कम्युनिस्ट पाटी मसालले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गम्भीर गल्ती तथा अप्रजातान्त्रिक कदम रहेकाे औंलाएकाे छ ।

नेकपा मसालले एक विज्ञप्ति निकाल्दै साे कुरा औंल्याउदै कडा आपती जनाएको हाे ।प्रधानमन्त्री केपी ओलीले आइतबार बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद विघटनको सिफारिस गर्नुभएकाे थियाे ।

उक्त कदमलाई नेकपा मसालका महामन्त्री माेहन विक्रम सिंहले असंवैधानिक कदमको संज्ञा दिनुभएकाे छ । उहाँले यस कदमको विरुद्ध सहकार्यका निम्ति सम्पूर्ण  शक्तिहरुलाई आह्वान पनि गर्नुभएकाे छ ।

नेकपा मसालका महामन्त्री माेहन विक्रम सिंह द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ मन्त्रीपरिषद्धारा प्रतिनिधि सभालाई विघटन गर्ने र त्यसकालागि राष्ट्रिपतिलाई सिफारिस गर्ने जुन निर्णय गरेकाे छ त्यसलाई नेकपा मसालले गम्भीर गलती र अप्रजातान्त्रिक कदम ठान्दछ र त्यसकाे कडा शव्दमा विराेध र भ्रत्सना गर्दछ ।”

राष्ट्रिय जनमाेर्चाका नेता आन्नद शर्माले उक्त कदम असंवैधानिक कदमको संज्ञा दिनुभएकाे छ । उहाँले यस कदमको विरुद्ध सहकार्यका निम्ति सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुलाई आह्वान पनि गर्नुभएकाे छ ।
नेता शर्माले शासन प्रणाली विधि सम्मत नभई व्यक्तबादी चरित्र र अमर्यादित बनेकाे प्रति चिन्ता व्यक्त गर्दै गलती र कमजोरी सच्याउन   आग्रह  गर्नु भयाे ।

उहाँले यो कदमको विरोधका लागि सहकार्य गर्न नेकपाका लोकतान्त्रिक पक्षधर, अन्य राजनीतिक र वैकल्पिक राजनीतिक शक्तिलाई आह्वान गर्नुभएकाे छ ।