२०७८ मंसिर २ मा नेकपाको महाधिवेशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय समिति बैठकले निर्णय गरेको हो ।

यस्तै ओलीले ५५६ जना केन्द्रीय कमिटी सदस्य थप गरेका छन् । आज उनीहरुलाई सपथ ग्रहण समेत गराइएको छ । निकट समूहका केन्द्रीय सदस्यहरुको भेलामा ओलीले ५५६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको घोषणा गरेका थिए।घोषणापछि उनीहरुलाई ओलीले सपथ ग्रहण गराएका हुन्। यस्तै बैठकले विधान संशोधनको निर्णय पनि गरेको छ भने अर्को बैठक पुस ९ गतेका लागि डाकिएको छ ।