• ट्रेण्डिङ :

दाहाल-नेपाल समुहले सुरेन्द्र पाण्डेलाई महासचिवमा चयन गर्नै

दाहाल-नेपाल समुहले सुरेन्द्र पाण्डेलाई महासचिवमा चयन गर्नै

cnewsnepal

बिहिबार, पौस ९ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाण्डौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुहले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउँने भएको छ ।

आज दिउँसो बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बस्न लागेको केन्द्रीय कमिटीको बैठकले पाण्डेलाई महासचिवमा चयन गर्न लागेको हो ।

आज बिहानै सिनामंगलमा बसेको शीर्ष नेताहरुको छलफलपछि नेता पाण्डेलाई महासचिव बनाउने तयारी भएको बैठकमा सहभागि एक नेताले जानकार दिए ।

दाहालपक्षधर नेकपाको सचिवालय बैठक अहिले पार्टी कार्यालय पेरिस डाँडामा बस्दैछ । एकीकृत नेकपाका महासचिव विष्णु पौडेल अध्यक्ष केपी शर्मा ओली समूहमा बसेपछि दाहाल(नेपालले पाण्डेलाई आफ्नो समूहबाट छान्‍न लागेका हुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार