प्रचण्ड-माधवसमुह शुक्रबार सर्वोच्च र निर्वाचन आयोग जाने

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(माधवसमूहको स्थायी कमिटी बैठकले शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएका छन ।

भोलि बिहान १० बजे सर्वोच्च र दिउँसो १२ बजे आयोग जाने निर्णय भएको  कमिटी सदस्य भीम आचार्यले जानकारी दिए ।

आफूहरू आधिकारिक रहेको दाबी गर्न आयोग र संसद् जीवित छ भनेर देखाउन सर्वोच्च जाने निर्णय भएको उनले बताए ।संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।