कामचलाउ सरकारलाई असहयोग गर्न विपक्षी गठबन्धनका नेताहरुको आह्वान

काठमाडाैँ । विपक्षी गठबन्धनले सरकार कामचलाउ हैसियतमा पुगिसकेकोले सबैतिरबाट असहयाेग गर्न आह्वान गरेकाे छ । काम चलाउ सरकारले देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि काम-कारबाही गर्न नपाउने  भएकाले कुनै पनि निकायले यस्ताे दूरगामी असर पर्ने काममा सहयाेग गर्न नहुने गठबन्धनकाे ठहर छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त हस्ताक्षरमा एक विज्ञप्ती जारी गर्दै भनेकाे छ,  ‘सरकारका संविधान विपरितका र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौँ ।’
आइतबार देउवा निवास बूढानीलकण्ठमा बसेकाे उक्त गठबन्धनका नेताहरूकाे बैठकले प्रधानमन्त्री केपी शर्मा ओली संविधान मिच्दै अघि बढेकाे र  संविधान उल्लंघन गर्ने काम एकपछि अर्को गरिरहेको आरोप लगाएकाे छ ।                हेर्नुहाेस विज्ञप्ति