• ट्रेण्डिङ :

मुलुकभर ३१०६ जनामा कोरोना पुष्टि, २३ संक्रमितको मृत्यु

मुलुकभर ३१०६ जनामा कोरोना पुष्टि, २३ संक्रमितको मृत्यु

cnewsnepal

शनिबार, साउन १६ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५१९ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार २६३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार २८० जना र ४ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९१६ जना कोरोनामुक्त भए, २३ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ९१६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ५१९ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३९ लाख २१ हजार ८३२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार