काठमाडौं । गत मंगलबार मात्रै नेपालका सर्वाधिक सफल क्रिकेटर पारसले ३३ वर्षको उमेरमा सन्यासको घोषणा गरिसकेका छन् । अब नेपालले पूर्वकप्तान पारस खड्काले लगाउँदै आएका ७७ नम्बरको जर्सी प्रयोग नगर्ने भएको छ ।
पारसले सन् २००४ मा मलेसियाविरुद्ध अन्तरमहादेशीय कप तीन दिवसीय प्रतियोगिताबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । त्यस्तै, सन् २००८ देखि ५० ओभरको खेलमा नेपालले कलर पोसाक लगाउँदै आएको थियो ।
सोही समयदेखि पारसले ७७ नम्बरको जर्सी लगाउँदै आएका थिए । जानकारी अनुसार कात्तिक ७ गते जन्मिएको हुनाले पारसले ७ महिना ७ गतेको आधारमा ७७ नम्बरको जर्सी प्रयोग गर्दै आएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार