२७ श्रावण काठमाडौं । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले बुधबार राजीनामा दिएसँगै प्रदेश प्रमुख शेरचनले २८ साउन दिउँसो ३ बजेसम्ममा बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् ।
‘संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सभामा प्रतिनिधित्वि गर्ने दुई वा दुई भनदा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २०७८ साउन २८ गते विहीबार अपरान्ह ३ः०० बजेभित्र दाबी पेश गर्न’ प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बुधबार ९आज० मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने कार्यतालिका थियो । तर सोही बीचमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् । वि।सं। २०७४ फागुन ३ गते पहिलोपटक लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त भएका थिए ।
