२ भदौ,काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रतिगमनकारी प्रवृतिलाई प्ररास्त गर्न विद्रोह गर्नुपरेको बताएका छन् ।
रामबृक्ष यादवको २७ औं स्मृति दिवसका अवसरमा बुधबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्र देखा परेको तानाशाही,निरंकुश,व्यक्तिवादी र आत्मसर्पणवादी प्रवृतिप्रति विद्रोह गर्नुपरेको बताएका हुन् ।
सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हजारौं सहिदहरुको सपना साकार पार्न अन्तिम समयसम्म लड्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले कम्युनिष्ट एकता आजको आवश्यकता रहेको भन्दै सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गरेर फेरि कम्युनिष्ट एकताको झण्डा उठाउने र कम्युनिष्ट एकता गरी छाड्ने संकल्पबाट पछि हट्न नसकिने बताए । पार्टी यथास्थितिमा रहे विघटन र विसर्जनको खतरामा पर्ने डर रहेको उनको भनाई थियो ।
नेपालका लागि मात्रै नभइ अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका लागि पनि विचार दिन सक्ने गरी पार्टीलाई अघि बढाउनुपर्नेमा उहाँको जोड थियो । यसका लागि पार्टीलाई तल्लो तहबाटै बलियो बनाउन उनले नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

अध्यक्ष प्रचण्डले शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि माओवादीको क्रान्तिकारी चरित्र र संस्कार उल्टो बनेको बताए । उनले प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्र एउटा प्रवृत्ति चरम निरंकुशतावादी, फाँसीवादी र आत्मसमर्पणवादी देखिएकाले त्यसविरुद्ध आन्दोलन गर्नुपरेको स्मरण गर्दै भने, ‘क्रान्तिकारीहरुले संकल्प गरेपछि हुँदोरहेछ भन्ने अहिलेको उदाहरण हो । प्रतिगमन सच्चिएको छ । तर अन्तिम विजय भने होइन ।’

कम्युनिष्टमा देखापरेको व्यक्तिवादी प्रवृतिलाई रोक्न आफुहरुले निर्मम रुपमा विद्रोह गरेको र सफल भएको उनको भनाई छ । प्रतिगमन अहिलेलाई परास्त भएको र संविधान तथा राष्ट्रियतालाई रक्षा गर्ने प्रवृति बिजयी भएको उनले बताए ।प्रचण्डले समाजवादको बाटोमा अघि बढ्न लामो आन्दोलन आवश्यक पर्ने जिकिर गरे । उनले पार्टीलाई शसक्त बनाउनका लागि तल्लो तहदेखि नै साथ दिनुपर्ने धारणा राखे ।
प्रचण्डले मुलुकको परिवर्तनका लागि सहिद, घाइते, अपाङहरुलाई कहिल्यै नविर्सने स्पष्ट पारे । उहाले कम्युनिष्टलाई एकतावद्ध पार्न सदैव लागिपर्ने बताए ।