• ट्रेण्डिङ :

बागमतीमा अष्टलक्ष्मी आजै मुख्यमन्त्री बन्ने सपथ ग्रहण पनि आजै हुने

बागमतीमा अष्टलक्ष्मी आजै मुख्यमन्त्री बन्ने सपथ ग्रहण पनि आजै हुने

cnewsnepal

बुधबार, भाद्र २ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


२ भदौ काठमाण्डौं । नेकपा एमाले बागमती प्रदेश सभा संसदीय दलको नेतामा अस्टलक्ष्मी शाक्य सर्बसम्मतीले निर्बाचित भए पछि आजै मुख्य मन्त्रीमा चयन गरिने भएको छ ।

नेकपा एमाले बागमती प्रदेश सभा संसदीय दलको नेतामा पार्टी उपाध्यक्ष अस्टलक्ष्मी शाक्य निबर्तमान नेता डोरमणी पौडेलको प्रस्तावमा सर्बसम्मतीले निर्बाचित भए पछि आजै उनलाई मुख्य मन्त्रीको जिम्मेवारी दिन लागिएको प्रदेश सांसद केशवराज पोखरेलले बताए ।

बागमती प्रदेशमा जम्मा ११० जना सांसद छन् । जस मध्य एमालेको सदस्य संख्या ५६ माओवादीको २३ काँग्रेस २२ राप्रपा २ नेमकिपा २ विकशिल ३ स्वतन्त १ छन् ।

बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई वाटोमा आउदै हुनुहुन्छ उहाँ आए पछि आजै सपथ ग्रहण गरिने पोखरेलले भने । एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन्।

पार्टी विभाजनको अध्याय सुरु भएसँगै प्रदेश सरकारमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले एमाले संस्थापनले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्नका लागि छलफल चलाएको थियो ।

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई झापामा रहेको र हेटौंडा आउँदै गरेको जानकारी दिँदै प्रदेश प्रमुख आइपुगे लगत्तै मुख्यमन्त्रीले राजीनामा दिने छन् । राजिनामा पश्चात एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यले आजै बेलुकाबाट मुख्य मन्त्रीको जिम्मेवारी समेत लिने सांसद पोखरेलले सिन्युज नेपाललाई बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार