• ट्रेण्डिङ :

पूर्वप्रधानमन्त्री ओलीले भने- मेरो कुनै जागिर छैन, जसले चाहे पनि मलाई सदुपयोग गर्न सक्नुहुन्छ

पूर्वप्रधानमन्त्री ओलीले भने- मेरो कुनै जागिर छैन, जसले चाहे पनि मलाई सदुपयोग गर्न सक्नुहुन्छ

cnewsnepal

शनिबार, भाद्र ५ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


५ भदौ चन्द्रागिरि ।   नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले देश र जनताको सेवाबाहेक आफ्नो अरू कुनै जागिर नभएको भन्दै जसले चाहे पनि आफूलाई सदुपयोग गर्न सक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंको चन्द्रागिरि हिल्समा चन्द्रागिरि वडा १५  काे आयोजना गरिएको ‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले  जहाँनिर मलाई सदुपयोग गर्न सकिन्छ गर्नुहोस् भन्दै  आफू त्यसका लागि तयार रहेको बताए । उनले भने, ‘देशको, जनताको सेवाबाहेक छुट्टै जागिर छैन । केही पनि छैन । त्यसकारण जसले जहाँ समाएर काम लगायो, हलो जोत भन्यो, हलो जोत्यो । पर्खाल लगाऊ भने पर्खाल लगायो । घर छा भने घर छायो । ट्याक्टर चला भने चलायो । भिराडिल बनाऊ भन्यो बनायो । सम्म पार भन्यो, सम्म पार्‍यो । जहाँनिर सदुपयोग गर्न सकिन्छ म त्यसका लागि तयार छु । तपाईंहरू काम लगाउनुहोस् ।’

त्यस अवसरमा अध्यक्ष ओलीले कार्यक्रममा बस्दाबस्दै कविता लेखेर वाचनसमेत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार