• ट्रेण्डिङ :

वार्ता र सहमतिको भ्रममा नपर्न माधवकाे आग्रह

वार्ता र सहमतिको भ्रममा नपर्न माधवकाे आग्रह

cnewsnepal

मंगलबार, भाद्र ८ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


८ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले वार्ता र सहमतिको भ्रममा नपर्न र कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई अपिल गरेका छन् ।

सामाजिक सञ्जालमा पाेष्ट गर्दै अध्यक्ष नेपालले नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएकाे उनले लेखेका छन् ।

उनले लेखेका छन्, “दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्। अत: यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।”

एमाले अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरिमा पाटी छलफल विदान मस्यौदाका लागि पुगेका दिन यस्ताे लेखेका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार