• ट्रेण्डिङ :

भीम रावलहरुलाई पाण्डेको प्रश्न : माधव नेपाललाई अगाडि लगाएर चुलीमा पुर्याउनुभयो, अनि तपाईँहरु किन फिर्ता हुनुभयो ?

भीम रावलहरुलाई पाण्डेको प्रश्न : माधव नेपाललाई अगाडि लगाएर चुलीमा पुर्याउनुभयो, अनि तपाईँहरु किन फिर्ता हुनुभयो ?

cnewsnepal

आइतबार, भाद्र १३ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं, १३ भदौ ।  नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डेले एमालेका मध्यमार्गी तथा दोस्रो तहका नेताहरुकै कारण माधव नेपालले पार्टी विभाजन गरेको आरोप लगाएका छन् । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘माधव नेपालको एक्लो प्रयत्नले उहाँ पार्टी विभाजनमा अघि बढ्नुभएको थिएन । स्थायी कमिटीका सबै जनाले धकेल्दै धकेल्दै विभाजनमा पुर्याएका हुन् । १५ जना स्थायी कमिटी सदस्यहरुले विभाजनको लागि दबाब दिएको केपी ओलीलाई बहिर्गमन गर्नुपर्छ भनेर सर्वसम्मत् निर्णय हुन्थ्यो । अगुवाई माधव नेपालले गर्नुहुन्थ्यो । हिजो माधव नेपाललाई त्यसरी अघि बढ् भन्नुभयो, उहाँहरुले अनि आज अन्तिममा आएपछि उहाँहरुले पार्टी विभाजन रोक्न सक्नुभएन ।’

माधव नेपाललाई पार्टी विभाजनको अवस्थामा पुरयाउने काम नै भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराईहरुले गरेको उनको आरोप थियो । आफू पार्टी एकताको क्रममा सबै विषयमा चासो राख्ने नेता भएको उल्लेख गर्दै माधव नेपाल विभाजनमा जाँदा दुःख लागेको पनि उहाले बताउनुभयो । आफूले पनि निर्वाचन आयोगमा एकीकृत समाजवादीमा रहनेगरि सनाखत गर्न गएको र अहिलेसम्म आयोगले निणर्य नदिएको पनि उनले बताए ।

त्यस्तै, नेकपा (एमाले) का नेता कणर् थापाले लोकतन्त्र र जनमतको विरुद्धमा प्रतिक्रियावादीहरु एक ठाउँमा उभिएको बताउनुभयो । आफ्नो पार्टीले १४ जना सांसदलाई कारबाही गर्न गरेको पत्राचारबारे सभामुख अग्नि सापकोटाले अलमल गरेको भन्दै उनले आपत्ती जनाए ।

साक्षात्कारमा कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमनत्री मीन विश्वकर्माले राजनीति दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु गलत नभएको बताए । अहिले शेरबहादुर देउवाले संसद् पूनःस्थापना गरेर संसद्को अधिवेशन अन्त्य भएको बेलामा ल्याएको उनको भनाई छ । एमाले नेताहरुले कांग्रेसले आफ्नो पार्टी फुटाईदिएको भनेर लगाएको आरोपमा पनि कुनै सत्यता नभएको विश्वकर्माको टिप्पणी थियो ।

त्यस्तै, राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले आफ्नो पार्टी तत्काल सरकारमा नजाने स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित समाचार