• ट्रेण्डिङ :

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा दर्शकले प्रवेश पाउने (भिडियाे)

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा दर्शकले प्रवेश पाउने (भिडियाे)

cnewsnepal

बुधबार, भाद्र १६ २०७८
पढ्न लाग्ने समय: < ३ मिनेट


{"caption":"u092cu0941u0927u092cu093eu0930 u0906u092fu094bu091cu093fu0924 u092au0924u094du0930u0915u093eu0930 u0938u092eu094du092eu0947u0932u0928u092eu093e u0928u0947u092au093eu0932u0940 u0930u093eu0937u094du091fu094du0930u093fu092f u092bu0941u091fu092cu0932 u091fu093fu092eu0915u093e u092eu0941u0916u094du092f u092au094du0930u0936u093fu0915u094du0937u0915 u0905u092cu094du0926u0941u0932u094du0932u093eu0939 u0905u0932u094du092eu0941u0924u093eu0907u0930u0940 u0930 u0915u092au094du0924u093eu0928 u0915u093fu0930u0923 u091au0947u092eu094du091cu094bu0919 u0964 u0924u0938u094du092cu093fu0930 : u0939u0947u092eu0928u094du0924 u0936u094du0930u0947u0937u094du0920","photographer":"","alt_text":""}

१६ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटवल टीम र भारतीय टिमले मैत्रीपुर्ण खेलमा सकारात्मक नतिजा आउने विश्वास गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजना भएको प्रि म्याच कन्फ्रेन्समा दुई टीमका प्रशिक्षक तथा कप्तानहरुले निकै मिहेनतका साथ खेल खेल्ने बताएका हुन् । प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको मैत्रीपुर्ण खेलमा जितका लागि खेल्ने बताए । भारतविरुद्धको दुई खेलका लागि टिम तयार रहेको र मज्जा लिएर खेल्ने उनले बताए । आसन्न साफ च्याम्पियनसिपका लागि यो दुई खेल महत्वपुर्ण रहेको उनको भनाई छ । उनले जब टिमले राम्रो तयारी गरेको हुन्छ, त्यहि अनुसारको नतिजा आउनेमा विश्वस्त रहेको बताए ।

त्यस्तै यस्तै कप्तान किरण चेम्जोङले भारतविरुद्धको खेल नेपालका लागि एक महिनापछि हुने साफको तयारीमा राम्रो सहयोग पुग्ने बताए । नेपाली टिमका लागि भारतविरुद्ध खेल्न पाउनु निकै राम्रो रहेको र यसले खेलाडीमा आत्मविश्वासपनि थप्ने उनको भनाई छ ।

प्रि म्याच कन्फ्रेन्समा भारतीय टिमका कप्तान सुनील क्षेत्रीले नेपालसँग उसकै मैदानमा खेल्नु आफ्नो टिमका लागि चुनौती भएको बताए । नेपाली टिममा पनि राम्रो खेलाडी रहेको र त्यसबाट भारतपनि सजक भएको उनको भनाई छ । नेपालले बाहिर गएर खेल्नु र आफ्नो घरेलु मैदानमा खेल्नुमा धेरै फरक हुने क्षेत्रीले बताए ।

त्यस्तै भारतीय टिमका मुख्य प्रशिक्षक इगोर स्टिमिकले आफ्नो खेलाडीले प्रशिक्षणमा निकै मिहेनत गरेको र आफुले खेलाडीहरुबाट राम्रो नतिजाको अपेक्षा राखेको बताए । यसैबीच नेपाल र भारतविचको दुई वटा मैत्रीपुर्ण खेलको सम्पूर्ण तयारी पुरा भएको एन्फाले जनाएको छ । प्रि म्याच कन्फ्रेन्समा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले मैत्रीपुर्ण खेलमा दर्शकले प्रवेश पाउने जानकारी दिए । रंगशालामा कुल पाँच हजार एक सय जानलाई सामाजिक दुरी कायम गरेर राख्ने उनले बताए ।

नेपाल र भारतले ६ बर्षपछि एक आपसमा खेल्न लागेका हुन । दुबै टिमले यो दुई खेललाई साफको तयारीका रुपमा लिएका छन । नेपालले भारतसँग बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल ५ः३० बजे सुरु हुनेछ । यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

भिडियाे हेर्नका लागि तल

 

प्रतिक्रिया
सम्बन्धित समाचार