१९ भदाै,काठमाण्डाै । नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार बिदेशी शक्तिको इशारामा चलेको आरोप लगाएका छन्।
शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले आयाेजना गरेको कार्यक्रममा ज्ञवालीले वर्तमान सरकारले देश र जनताका लागि नभएर विदेशीको इशारामा काम गरेको आरोप लगाए । उनले दार्चुलामा तुईन काटेर नेपाली बेपत्ता भएको घटनादेखि लिपुलेक कालापानीका बवषयमा सरकार मौन बसेको पनि उनकाे भनाइ छ । ज्ञवालीले सरकारले एमाले टुक्राउनकै लागि अध्यादेश ल्याएको भन्दै एमालेलाई फुटाएको परिणाम आगामी निर्वाचनमा देखिने दाबी गरे ।
उनले निर्वाचनमा जनादेशको माध्यमबाट फेरि पिन आफ्नो पार्टी सरकारमा फर्कने दाबी गरे । आगामी भाद्र २२ गते अध्यादेश निष्कृय पारेर सरकार बिस्तार गर्ने योजना देखिएको भन्दै उनले गठबन्धनले लज्जास्पद काम गरेको बताए । उनले केही एमालेका नेता गलत बाटोमा गएको भन्दै एमालेमा फर्कन आह्वान गरे।