• ट्रेण्डिङ :

अहिलेको सरकारले बैशाखसम्म मेलम्चीको पानी काठमाडौं ल्याउन सक्दैन : अध्यक्ष ओली

अहिलेको सरकारले बैशाखसम्म मेलम्चीको पानी काठमाडौं ल्याउन सक्दैन : अध्यक्ष ओली

cnewsnepal

शनिबार, भाद्र १९ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले आगामी बैशाखसम्म मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्ने जिकिर गरेका छन् ।

शनिबार (आज) एमालेको काठमाडौं महानगर पालिकास्तरीय कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेबाहेक अरुले मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्ने जिकिर गरेका हुन् ।

उनले भने, ‘चुनावपछि एमाले जितेर आउँछ र मेलम्चीको पानी ल्याउँछ । एमाले चाहिन्छ, मेलम्चीको पानी ल्याउन । अरुले ल्याउन सक्ने छैन ।’

मेलम्ची खानेपानीको मुहानमै बाढीले क्षति गरिसकेपछि पनि आफ्नो नेतृत्वको सरकारले आगामी बैशाखसम्म पानी ल्याउने तयारी गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारले वैशाखमा पानी ल्याउन नसक्न दाबी पनि गरेका छन् ।

त्यस्तै उनले आफू नेतृत्वको सरकारले मेलम्ची जाने सडक मर्मतका लागि बजेट विनियोजन गरेको भएतापनि अहिलेको सरकारले काटेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार