• ट्रेण्डिङ :

अध्यक्ष प्रचण्ड गोर्खामा, सहिद परिवारसँग भेटघाट तथा भूकम्प स्मृति कार्यक्रममा सहभागिता हुने

अध्यक्ष प्रचण्ड गोर्खामा, सहिद परिवारसँग भेटघाट तथा भूकम्प स्मृति कार्यक्रममा सहभागिता हुने

cnewsnepal

बिहिबार, बैशाख ११ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


गोरखा, वैशाख ११ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० किलोमा आइपुगेका छन् ।

अध्यक्ष प्रचण्डले त्यहाँ सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गर्नुभएको छ। उहाँले सहिद भिष्म कुमालको घरमा पुगेर खाना समेत खाएका हुन्।

भोलि वैशाख १२ गते बारपाकमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको १०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिने भूकम्प स्मृति कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार