• ट्रेण्डिङ :

अबको दिन हाम्रो दिन हुने छ : अध्यक्ष प्रचण्ड

अबको दिन हाम्रो दिन हुने छ : अध्यक्ष प्रचण्ड

cnewsnepal

बिहिबार, जेष्ठ १ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


बैतडी, पाटन । नेकपा (माओवादी केन्द्र) ले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको अभियान सुरु गर्दै छ। अभियानको सुरुवात गर्न बैतडीको पाटन जाने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयबासीसँग भेटघाट गर्नुका साथै ज्ञापनपत्र समेत बुझ्नुभएको छ ।

भेटघाटका क्रममा स्थानीयले उठाएका मुख्य समस्याहरूमध्ये खानेपानी र सिँचाइ प्रमुख रहेको भएको र त्यसको समाधान गर्न सहयोग गर्ने अध्यक्ष प्रचण्डले प्रतिबद्वता जनाउनु भयो ।
अध्यक्ष प्रचण्डले स्थानीय जनताको माओवादीप्रतिको आकर्षण उल्लेखनीय रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “ तराई को अभियानले माओवादी प्रति जनतामा एउटा नयाँ उभार आएको छ । अबका दिन माओवादी र, जनताको दिन समग्रमा हाम्रो हुनेछ।”

प्रतिक्रिया
सम्बन्धित समाचार