काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को २०२१-२०२३ को लागि आइसीसी महिला संयोजकमा अमेरिकाबाट उमा कार्की थापाले आफ्नो दाबेदारी प्रस्तुत गरेकी छन्। अमेरिकामा रहेका नेपाली र अन्य मूलुकमा रहेका प्रवासी नेपालीहरू माझ आफ्नो बलियो उपस्थिति जनाउँदै थापाले उम्मेद्वारीमा दाबी गरेकी हुन्।
अमेरिका मात्र होइन, प्रवासमा रहेका समस्त गैरआवासीय नेपालीहरू माझ उत्साही, एवम् निःस्वार्थी समाजसेवीको रूपमा चिनिएकी थापा भन्छिन्, ‘म एक्लै त के हो र? यसमा त मलाई साथ र हात दिनेहरूकै मन बलियो भएका कारण यो उम्मेदवारी दिने निणर्य गरेकी हुँ। उहाँहरुले तिमी अगाडि बढ़ भन्नुभयो, म बढेँ।’
एनआरएनएको समस्या राम्रोसँग बुझेकी थापा प्रवासमा रहेका समस्त गैरआवासीय नेपालीहरू माझ उत्साही, एवम् निःस्वार्थी समाजसेवीको रूपमा चिनिन्छिन् र, सोहीअनुसार स्थापित छिन्। कर्मथलो अमेरिका भएता पनि उनले समस्त नेपालीहरुमा सकारात्मक छाप छोड्न सफल भएकी छन्।
गणेश तीर्थ फाउण्डेसनकी अध्यक्ष समेत रहेकी उमा गैरआवासीय नेपाली संघ अमेरिकाको २०१९-२०२१ को क्षेत्रीय महिला संयोजक हुन्। यसैगरी एनआरएनए अमेरिकाको २०१७-२०१९ को उपाध्यक्ष हुन् भने एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजकपनि भैसकेका छिन्।
एनआरएनएको टाक्सफोर्सको पूर्वसदस्य उमा वेष्ट अमेरिका नेप्लिज एसोसिएसनको संस्थापक अध्यक्ष हुन्। अमेरिका नेपाल एकता समाजकी पूर्वउपाध्यक्ष तथा अध्यक्ष उमा कार्कीले यो संस्थालाई चार वर्ष सफलताका साथ चलाएका थिइन्। सन २००८-२०१२ सम्म साउथ एसिएन नेटवर्कसँग आवद्ध रहँदा उनको कार्यशैली र समाससेवाप्रतिको लगावको आज पनि तारिफ हुने गरेको छ।
श्री पशुपति फाउण्डेसन अमेरिकाको टिम मेम्बर कार्की लामो समयदेखि संस्थामा रहेर काम गर्दै आएको अनुभवकी धनी हुन्।