काठमाडौं, ५ चैत । नेपाली कांग्रेसका नेता डा।नारायण खड्काले बर्तमान सत्ता गठवन्धन स्वार्थले बनेको गठवन्धन भएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहससँग कुरा गर्दै उनले स्वार्थलक्षीत गठबन्धनको सरकारले कुनै काम गर्न नसक्ने दाबी गरे।
उनले प्रधानमन्त्री प्रचण्डले विभिन्न प्रकरणमा मुछिएका विवादित व्यक्ति समेटेर आफ्नो स्वार्थपूर्तिका लागी पुरानो गठबन्धन भत्काएर नया गठबन्धनबाट सरकार बनाएको आरोप लगाए।
उनले सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीको बनाएर अपराध गरेको टिप्पणी गरे।
पूर्व परराष्ट्रमन्त्री समेत रहनु भएका नेता खड्काले सहकारी प्रकरणबाट पीडित बनेका लाखौं बचतकर्ताहरुले रवि लामिछानेविरुद्ध मुद्दा दायर गरेको र अनुसन्धान चलिरहेकोले लामिछानेलाई गृहमन्त्री बनाउन नहुने जिकिरसमेत गरे।
आँफैमाथि अनुसन्धान चलिरहेको गृहमन्त्रीको कार्यसम्पादन कस्तो होला रु भन्ने प्रश्न गर्दै खड्काले रवि गृहमन्त्रीमा बसिरहँदा उनिमाथी चलिरहेको अनुसन्धान प्रभावित हुने र सहकारी पीडितले न्याय पाउन नसक्ने जिकिर गरे ।
उनले यस सम्बन्धमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म र गृहमन्त्रीले राजिनामा नदिएसम्म कांग्रेसले सदन चल्न नदिने बताए ।
आज बस्ने संसद बैठकमा पनि कांग्रेसको माग सोही हुने र प्रधानमन्त्री जवाफविना सदन अगाडी बढ्न नसक्ने खड्काले बताए ।