• ट्रेण्डिङ :
माओवादी बैठक

आज माओवादी स्थायी समिति बैठकमा के भयाे भिडियो सहित

आज माओवादी स्थायी समिति बैठकमा के भयाे भिडियो सहित

cnewsnepal

आइतबार, भाद्र ६ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


६ भदौ,काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिमा इन्चार्जहरु तोकेको छ ।

आइतबार बसेको माओवादी स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशन अनुसार प्रदेश र जिल्ला समन्वय समितिमा इन्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए ।

त्यस्तै बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि तोकेको प्रवक्ता श्रेष्ठले बताए । केन्द्रीय कमिटीले स्थायी समितिलाई दिएको जिम्मेवारी र निर्देशनअनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभागको प्रमुख तोक्ने निणर्य भएको उनले बताए ।

केन्द्रीय समितिका सदस्यहरु नभएका जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी पनि श्रेष्ठले बताए।

जिल्ला समन्वय समितिका संयोजक तोक्ने काम भने सम्बन्धी प्रदेश समितिलाई दिइएको उनको भनाई छ । त्यस्तै प्रवक्ता श्रेष्ठले राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर वडा, पालिका र प्रदेश सम्मेलन गर्ने सन्दर्भमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली र निर्देशिका तयार पारेको र छिट्टै तल्लो तहमा पठाइने जानकारी दिए ।

बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टहरूको एकता र ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने निणर्य गरेको उनले बताए।

त्यस्तै प्रवक्ता श्रेष्ठले सरकार विस्तारमा ढिलाइ भएको तर अब छिट्टै पूणर्ता दिने दावी गरे ।    https://youtu.be/bIM-ytFd41c

प्रतिक्रिया
सम्बन्धित समाचार