काठमाडौं । नेकपा एमाले नेता तथा सांसद हेश बर्तौलालाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त भएका छन् ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा सुनिता बराललाई मनोनयन गरेका हुन् ।
प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि यसअघिका सचेतक बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरिएको नेकपा एमालले जनाएको छ ।
सचेतक बनेकी बराल पनि एमाले समानुपातिक सांसद हुन्।
बर्तौला मकवानपुर(२ बाट प्रत्यक्ष निर्वाचित भएर आएका सांसद हुन्।
प्रमुख सचेतक बनेका बर्तौला र सचेतक बराल दुवैजना अनेरास्ववियुको राजनीति गरेर आएका युवा नेता हुन् । नविना लामा अध्यक्ष भएको बेला दुवैजना अनेरास्ववियुको उपाध्यक्ष थिए । ऐन महर अध्यक्ष हुँदा पनि दुवैजना उपाध्यक्ष रहेकामा महरपछि बराल अध्यक्ष भइन् भने बर्तौला विद्यार्थी राजनीतिबाट पार्टीको राजनीति गर्न मकवानपुर गएका थिए ।