• ट्रेण्डिङ :

एमालेलाई ‘थोत्रिएको घर’ भन्दै बाबुरामले माधव नेपाललाई दिए बधाई

एमालेलाई ‘थोत्रिएको घर’ भन्दै बाबुरामले माधव नेपाललाई दिए बधाई

cnewsnepal

बिहिबार, भाद्र ३ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


३ भदौ,काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा (एमाले) मा विद्रोह गरी नयाँ पार्टी बनाएकोमा माधव नेपाललाई बधाइ दिएका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका नेता भट्टराईले सामाजिक सञ्जाल टुईटर मार्फत ‘ढिलै भए पनि थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाएको’ भन्दै माधव नेपालसहितका नेतालाई बधाइ दिएका हुन् ।

नेता भट्टराईले सामाजिक सञ्जालमा टुईटरमा बधाई दिदै लेखेका छन् -‘ढिलै भए पनि आफैंले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयाँ’ घर बनाउने अभियानमा लाग्नुभएका माधव नेपाल र साथीहरुलाई बधाइ तथा शुभकामना, पार्टीहरू फुट्नु सामान्यतः राम्रो मानिन्न तर पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्न । अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस् !’

उनले पार्टीहरु फुट्नुलाई सामान्यतयाः राम्रो नमानिए पनि पुरानोको ध्वंसविना नयाँ निर्माण नहुने बताएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार