• ट्रेण्डिङ :

एमाले मधेश प्रदेशको प्रमुख सचेतकमा हरि नारायण महतो चयन

एमाले मधेश प्रदेशको प्रमुख सचेतकमा हरि नारायण महतो चयन

cnewsnepal

मंगलबार, मंसिर १२ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशको संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हरि नारायण महतोलाई चयन गरिएको छ ।
मंगलवार महतोलाई एमाले संसदीय दलका नेता सरोज कुमार यादवले प्रमुख सचेतकमा चयन गरेका हुन् ।
महतो नेकपा एमालेबाट धनुषा क्षेत्र नम्बर–४ को (ख) प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । संसदमा पार्टीको धारणा राख्न, कार्यव्यवस्था परामर्श समितिको बैठकमा भाग लिने लगायत महत्त्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार