• ट्रेण्डिङ :

एमाले सचिवमा उम्मेदवारी दिने महेश बस्नेतको घोषणा

एमाले सचिवमा उम्मेदवारी दिने महेश बस्नेतको घोषणा

cnewsnepal

मंगलबार, मंसिर ७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


७ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफूले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेद्धवारी दिने घोषणा गरेका  छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले आफूले सचिवमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन। बस्नेतले आफूले पार्टीमा खेलेको भूमिकाको कारण पनि देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिहरुले अत्यधिक मत दिने र विजयी बनाउने पनि दावी गरे।

त्यस्तै नेता बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली नै दशौं महाधिवेशनबाट सर्वसम्मत् अध्यक्ष हुने पनि दाबी पनि गरे। पार्टीले यसअघि नै विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकोले चितवनमा हुने १०औं महाधिवेशनमा नेतृत्व चयन गरिने उनले जानकारी दिप । त्यस्तै उनले पार्टीको अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका भीम रावललाई उम्मेद्धवारी फिर्ता गर्न पनि सुझाव दिए ।

त्यस्तै बस्नेतले यसपटक प्यानल बनाउने कुनै प्रक्रिया नै नहुने जिकिर पनि गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार