• ट्रेण्डिङ :

‘ओभरफ्लो’ भएर बग्न थाल्यो पहिरोले थुनिएको म्याग्दी नदी

‘ओभरफ्लो’ भएर बग्न थाल्यो पहिरोले थुनिएको म्याग्दी नदी

cnewsnepal

बुधबार, असार २५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । धौलागिरीमा पहिरो खस्दा थुनिएको म्याग्दी नदी ‘ओभरफ्लो’ भएर बग्न थालेको जानकारी दिइएको छ।

गाउँपालिकाको वडा नम्बर ४ र ६ जोडिने बाँसबोट भीरबाट खसेको पहिरोेले नदी थुनिएको हो ।

गएराति १० बजेदेखिको वर्षाले पहिरो खस्दा करिब १० मिनेट म्याग्दी नदी थुनिएको जानकारी आएको छ ।

१० मिनेटपछि भने अहिले नदी आफ्नो बहावमा बग्न थालेपनि फेरि पहिरो खस्ने जोखिम भने रहेको उनले बताए ।

पहिरोले थुनिएको नदी ‘ओभरफ्लो’ भएर बग्न थालेकाले तटीय क्षेत्रमा डुबानको खतरा रहेको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रहरी, प्रशासन कार्यालय र गाउँपालिकाका प्रतिनिधिसहितको टोली घटनास्थलतर्फ जाँदै गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार