३० असार, काठमाडौं । प्रधानमन्त्रीमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को २ अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गरेका थिए । प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार