शंकर प्रसाद पोख्रेल, ३ फाल्गुन ,बुटवल। राष्ट्रिय जनमोर्चा रुपन्देहीले आगामी चैत्र २४ देखि ३० सम्म काठमाडौं केन्द्रित संघीयता खारेजि विरुद्ध हुने आन्दोलन सफल पार्न बुटवल देखि भैरहवा सम्म मोटरसाइकल र्याली सम्पन्न गरेको छ ।
सयौंको संख्यामा झन्डा बोकेर बुटवलको पुस्पलाल पार्क देखि भैरहवा सम्म मोटरसाइकल र्यालीनिकालेको हाे ।

र्याली पछिको कोण सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार बद्रे आलमले देशले अब प्रदेस धान्न नसक्ने बताए। राष्ट्रिय जनमोर्चाको आयोजनामा हुन गइरहेको संघीयता बिरोधी काठमाडौं केन्द्रित आन्दोलनमा सामेल हुन सबैलाई आग्रह समेत गरे ।

आलमले संघीय प्रदेश खारेज नगरे ,संघीयताले देशै खारेज गर्ने बताए । कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्यले संघीय प्रदेश नेपाली जनताको लागि घाँडो भएको बताए उनले प्रदेश खारेज गरेर स्थानीय तहलाइ थप अधिकार दिन प्रजातान्त्रिकका बिकेन्द्रीकरणको आधार लागू गर्नुपर्ने बताए।
बुटवलमा भएको कोणसभालाइ राजमो जिल्ला अध्यक्ष टान बहादुर केसि ,र राजमो प्रदेश कोसाधक्ष् गणेश गौतमले सम्बोधन गरेका थिए भने संचालन राजमो सचिब कृष्ण प्रसाद पोख्रेलले गरेका थिए।त्यसै गरि भैरहवामा भएको कोण सभाको संचालन राजमो जिल्ला अध्यक्ष टान बहादुर केसीले गरेका थिए।