४ फागुन,काठमाडौं । किर्तिपुर नगर पालिकामा स्केट हाउस निर्माण हुने भएकाे छ ।
कीर्तिपुर नगरपालिका वडा नम्बर ४ गाम्चामा पहिलाे पटक स्केट हाउस निर्माण हुन लागेकाे हाे ।
गाम्चाका स्थानीय कृस्ण बस्नेत र सुदिप बस्नेतको संयुक्त लगानिमा निर्माण हुन लागिरहेको सञ्चालकले जनाएका छन् ।
गाम्चा स्केट हाउस किर्तिपुर नगर पालिका वडा नम्बर ४ मै पहिलाे पटक बन्न लागेकाे छ ।
५ बर्ष देखि २० बर्ष सम्मको बच्चाहरुलाई लक्षित गरि बनाउन लागेकाे स्केट हाउज चाडैनै सञ्चालन आउन लागेकाे छ ।
स्केट हाउस निर्माणकार्य अन्तिम चरणमा पुगेकाे सञ्चालक बस्नेतले जानकारी दिए ।
बालबालिकाकाे शारीरिक र मानसिक स्वास्थ्यका लागि पनि स्केट हाउस फलदायी हुने सञ्चालकहरूकाे दावी छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार