• ट्रेण्डिङ :

कुमार श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदद्बारा नेपाल फुल कन्ट्याक्ट कराते महासंघको प्रमुख प्रशिक्षकमा नियुक्ति

कुमार श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदद्बारा नेपाल फुल कन्ट्याक्ट कराते महासंघको प्रमुख प्रशिक्षकमा नियुक्ति

cnewsnepal

बिहिबार, जेष्ठ १ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१ जेठ,काठमाडौं । नेपाल फुल कन्ट्याक्ट करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित खेलाडी, सम्मानित रेफ्री, र कुशल प्रशिक्षक कुमार श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदद्बारा नेपाल फुल कन्ट्याक्ट कराते महासंघको प्रमुख प्रशिक्षक पदमा नियुक्त गरिएको छ।

श्रेष्ठले खेलकुद क्षेत्रमा पुर्‍याएको योगदान, मार्गदर्शन, अनुभव, अनुशासन, र नेतृत्वको कदर गर्दै उनलाई यो जिम्मेवारी दिइएको हो।

श्रेष्ठ नेपाल शिन-क्योकुसिन कराते संघ चन्द्रागिरि शाखाका डोजो प्रमुखसमेत हुन्। उनलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिइएपछि नेपाली फुल कन्ट्याक्ट करातेले अन्तर्राष्ट्रिय क्षेत्रमा अझ ठूलो पहिचान कायम गर्ने विश्वास लिइएको छ।

श्रेष्ठको नेतृत्वमा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गर्दै खेलकुद क्षेत्रका विभिन्न व्यक्तिहरूले उनलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार