• ट्रेण्डिङ :

केभिन रोहन स्मृति कराते शुरु

केभिन रोहन स्मृति कराते शुरु

cnewsnepal

शुक्रबार, फाल्गुन ९ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका –१ स्थित घट्टेचौरमा ५औं मेयर तथा राष्ट्रिय कप र ९ औं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप प्रतियोगिता आजदेखि शुरु भएको छ ।

च्याम्पियनशिप प्रतियोगितालाई दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तथा मेयर मोहन बस्नेतले खेल जगतको बिकासले राष्ट्रको पहिचान बढ्ने, सब्य समाज निर्माण हुने र अनुशासित लागि अत्यन्त महत्वपुर्ण भुमिका रहने बताए ।

त्यसैगरि विशेष अतिथीमा दक्षिणकाली नगरपालिका उपमेयर बसन्ती डंगोल, संरक्षक कृष्ण गुरुङ, नेपाल सिनक्योकिसन काई कराते संघका ब्रान्च चिफ चन्द्र गोले, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव छायाचन्द्र भण्डारीलगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए । प्रतियोगिता आज फागुन ९ र भोली १० गते सम्म सन्चालन हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार