• ट्रेण्डिङ :

कोप–२८ लाई प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्ने

कोप–२८ लाई प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्ने

cnewsnepal

शनिबार, मंसिर १६ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी वार्षिक राष्ट्रसंघीय सम्मेलन कोप–२८ लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सम्बोधन गर्दै हुनुहुन्छ ।

बिहिबारदेखि यूएईमा सुरु भएको सम्मेलनलाई प्रचण्डले आज सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड हिजो र आज ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम थियो ।

प्रधानमन्त्रीले आज जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका पेचिला विषयलाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वानः जलवायु संकटबाट हामीलाई कसले जोगाउँछ रु’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना हुने बताईएको छ ।

प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार