• ट्रेण्डिङ :

क्रियाशील सदस्यताको कारण अब महाधिवेशन रोकिँदैन, चार दिनभित्रै सरकारले पूर्णता पाउँछ’ : रमेश लेखक

क्रियाशील सदस्यताको कारण अब महाधिवेशन रोकिँदैन, चार दिनभित्रै सरकारले पूर्णता पाउँछ’ : रमेश लेखक

cnewsnepal

आइतबार, साउन ३१ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


३१ साउन, काठमाडौं ।नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको १४औं महाधिवेशन नयाँ सार्वजिनक कार्यतालिकाअनुसार नै समयमा हुने दावी गरेका छन् ।

रिपोटर्स क्लब नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले कोभिडको कारण यसअघि सार्वजनिक गरिएका कार्यतालिका प्रभावित बनेको भन्दै अव नयाँ कार्यतालिका अनुसार समयमा नै महाधिवेशन हुने बताए।

हाले क्रियाशिल सदस्यताको विवाद अब बाँकी नरहेको पनि जिकिर गरे । नेता लेखकले अब क्रियाशिल सदस्यताको विवादको कारण पार्टीको महाधिवेशन कुनैपनि हालतमा नरोकिने स्पष्ट पारे । उनले वर्तमान सरकारलाई सही तवरले सञ्चालन गराउनको लागि गठबन्धनको तर्फबाट साझा न्यूनतम कार्यक्रम पनि ल्याईसकिएको र गठबन्धन लामो समयसम्म जाने पनि बताए । नेता लेखकले नेपाल र भारतबीच लामो सम्बन्ध रहेकोले यसलाई अझै मजबुद बनाउनुपर्नेमा जोड दिए ।

साक्षात्कारमा नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा परराष्ट्रविद् डा. राजन भट्टराईले भारतसँग नेपालको पूरानो सम्बन्ध रहेको र ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । त्यस्तै, उनले अफ्गानिस्तानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनको लागि नेपाल सरकारले किन ढिलाई गरिरहेको छ ? भनेर प्रश्न गरे ।

त्यस्तै परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले अफ्गानिस्तानबाट नेपालीहरुलाई तत्काल फिर्ता बोलाउनुपर्ने र उनीहरुलाई रेस्क्यु गर्न सरकारले उचित कदम चाल्नुपर्ने बताए ।

उनले भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र भारतीय जनतालाई शुभकामना समेत दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार