१३ असोज,काठमाण्डाैँ । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष तथा बैकल्पिक केन्द्रिय सदस्य गणेश आचार्य ले संघीयता कै कारण गणतन्त्र र राष्ट्रियता धरापमा परेको कुरा बताएका छन् ।
राष्ट्रिय जनमोर्चा को गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ, संघीयता खारेज गरौ भन्ने मुल नारा सहित संचालित कार्यक्रम अन्तर्गत लमही नगर समितिको आयोजनामा लमही बजारमा भएको कार्यक्रममा उक्त कुरा बताएका हुन् । अध्यक्ष आचार्यले भने,” नेपालमा संघीयता नेपाली जनताको माग बाट आएको होइन ,नेपालमा गणतन्त्र स्थापना भएपछि त्यसलाइ समाप्त पार्न र अस्थिरता कायम गरि नेपालको राष्ट्रियता , स्वाधिनता र अखण्डता समेत समाप्त पार्न नेपाल मा संघीयता भित्रीएको हो , त्यसैले यसको खारेजिको जरुरी छ ।”
अर्को प्रसङ्गमा अहिले गणतन्त्रको रक्षाको जिम्मेवारी पाएकाहरु नै त्यसको बदनाम गर्न तल्लीन भएका छ्न । उनिहरुकै कार्यसैलिका कारण जनतामा गणतन्त्र प्रती बितृस्णा पैदा भएको छ । त्यसैले त्यो कार्यसैलिको बिरोध र भन्डाफोर गर्दै गणतन्त्र को रक्षा गर्नु पर्ने कुरा बताए ।
एमसिसी सम्झौता नेपालीको लागि होइन नेपालको अस्मिता समाप्त पार्न आएको बताउदै त्यसको खारेजिमा जोड दिए । राजमो लमही नगर समिती अध्यक्ष हरी थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिबालय सदस्य पदम गोराथोकी , अखिल नेपाल महिला संघ लमही नगर अध्यक्ष बसन्ता खनालले मन्तव्य राखेका थिए । कार्यक्रम को सहजीकरण नगर सचिब लेखराज आचार्यले गरेका थिए ।