• ट्रेण्डिङ :

चन्द्रागिरिमा सडकमाथिबाट खसेको पहिरोले पुरियो गाडी

चन्द्रागिरिमा सडकमाथिबाट खसेको पहिरोले पुरियो गाडी

cnewsnepal

आइतबार, असार १५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१५ असार,काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोमा परी गाडी पुरिएको छ।

शनिबार राति ९:१५ बजे चन्द्रागिरि नगरपालिका-२ मसिनेमा थानकोट आउँदै गरेको बा ५ च ११४५ नम्बरको गाडीमाथि पहिरो खसेको थियो। प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक हिक्मत थापाकाे नेतृत्वको टाेलीले पहिराेले पुरेकाे चालक सहित कारलाई उद्धार गरि सुरक्षित स्थानमा लगिएकाे छ ।

पहिरोमा गाडीको पछाडिको भाग पुरिएको काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए।

पहिरोमा परी मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

पुरिएको गाडि राति ११ बजे निकालिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार