• ट्रेण्डिङ :

रुपन्देहीमा प्रहरीद्वारा गोली प्रहार: हेरोइन र पेस्तोलसहित ३ जना पक्राउ

रुपन्देहीमा प्रहरीद्वारा गोली प्रहार: हेरोइन र पेस्तोलसहित ३ जना पक्राउ

cnewsnepal

शनिबार, असार २७ २०८३
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौँ, २६ असार । लागु औषध नियन्त्रण ब्यूरोले रुपन्देहीमा लागु औषध तस्करी गर्ने एउटा गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना भारतीय र एक जना नेपाली नागरिक छन् ।

​ब्यूरोका अनुसार भारतबाट नेपालमा लागु औषध (हेरोइन) भित्र्याउने टोलीमाथि प्रहरीले निगरानी राखेको थियो । आज रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ६, गुरबनियामा उनीहरूले लागु औषध बेचबिखन गरिरहेको बेला प्रहरीले पक्राउ गर्न खोजेको थियो ।

​त्यस क्रममा तस्करको समूहका एक जनाले प्रहरीमाथि पेस्तोल ताकेका थिए । प्रहरीले सुरुमा चेतावनी दिँदै ७ पटक आकाशतर्फ गोली (हवाई फायर) चलाएको थियो । तर, तस्करले पेस्तोल नफालेपछि प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर भारतीय नागरिक इकवाल खान घाइते भएका छन् । उनको घुँडामुनि गोली लागेको छ र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

​प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा  इकवाल खान (वर्ष ५०, भारत)  गोली लागेर घाइते भएका हुन् । त्यस्तै भारतका वर्ष ३४ राम दयाल शर्मा रूपन्देही का वर्ष साराजुद्दिन मुसलमान छन् ।

लागु औषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले भने,”भारतबाट नेपालमा हेरोइन सप्लाई गर्ने गिरोहमाथि हामीले निगरानी गरिरहेका थियौँ। रुपन्देहीमा लागु औषध खरिदबिक्री गरिरहेको अवस्थामा पक्राउ गर्न खोज्दा तस्करले प्रहरीमाथि नै पेस्तोल ताकेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउनुपरेको हो। घटनास्थलबाट ३०० ग्राम हेरोइन र पेस्तोलसहित ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेका छौँ।”

प्रहरीले उनिहरूकाे साथबाट  ​खैरो हेरोइन: ३०० ग्रा ​पेस्तोल: १ थान र २ वटा गोली,मोटरसाइकल: १ थान (भारतीय नम्बर UP36Z 3158 र ​मोबाइल: २ थान वरामद गरेकाे छ ।

​पक्राउ परेका दुई जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार