• ट्रेण्डिङ :

शिखर इन्स्योरेन्स सतुङ्गल शाखाद्वारा २१औं वार्षिकोत्सवमा ४० पिन्ट रगत संकलन गर्दै रक्तदान कार्यक्रम सम्पन्न

शिखर इन्स्योरेन्स सतुङ्गल शाखाद्वारा २१औं वार्षिकोत्सवमा ४० पिन्ट रगत संकलन गर्दै रक्तदान कार्यक्रम सम्पन्न

cnewsnepal

शनिबार, कार्तिक २९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२९ कात्तिक,काठमाडौँ। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सतुङ्गल शाखाले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा एक भव्य रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। चन्द्रागिरि–१२, गुर्जुधास्थित भेहिक एकेडेमी सेन्टरमा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा ४० पिन्ट रगत संकलन गरिएको छ।

शाखाका मार्केटिङ म्यानेजर हेमन्त कुमार राउतले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आगामी दिनहरूमा पनि यस्ता जनहितमुखी कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने बताए। उनका अनुसार स्थानीय समुदाय, सेवा मनका नागरिक तथा कर्मचारीको सक्रिय सहभागिताले कार्यक्रम अत्यन्त सफल बनेको हो।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, सामाजिक व्यक्तित्वहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई अझ उत्साहजनक बनाएको थियो।

तस्बिरहरू

प्रतिक्रिया
सम्बन्धित समाचार