• ट्रेण्डिङ :

चन्द्रागिरि थानकोटबाट माओवादी केन्द्रको नेवा–तामसालिङ जागरण अभियान सुरू(तस्बिरहरू )

चन्द्रागिरि थानकोटबाट माओवादी केन्द्रको नेवा–तामसालिङ जागरण अभियान सुरू(तस्बिरहरू )

cnewsnepal

मंगलबार, जेष्ठ २० २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


२० जेठ,काठमाडौं । काठमाडौं उपत्यकामा  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले काठमाडौं उपत्यकामा नेवा र तामसालिङ समुदाय लक्षित जागरण अभियानको औपचारिक सुरूवात गरेको छ।

जेठ २० गते थानकोटमा आयोजित एक विशेष समारोहका बीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभियानको उद्घाटन गर्दै राजनीतिक, सामाजिक र सांस्कृतिक सचेतना विस्तार गर्न यो अभियान प्रारम्भ गरिएको बताका हुन्।

उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकाको ऐतिहासिक र सांस्कृतिक महत्वको चर्चा गर्दै स्थानीय समुदायको पहिचान, हक अधिकार र समावेशी राजनीतिका पक्षमा माओवादी केन्द्रको प्रतिबद्धता दोहोर्‍याए।

उनले भने, “नेवा र तामसालिङ क्षेत्रको सांस्कृतिक धरोहरको संरक्षण गर्दै राजनीतिक जागरणमार्फत समान अधिकार सुनिश्चित गर्न यो अभियानले योगदान पुर्‍याउनेछ।”

समारोहमा पार्टीका अन्य शीर्ष नेताहरू, विभिन्न जातीय तथा समुदाय प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रमले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमहरू, छलफल र सांस्कृतिक प्रस्तुतीहरू आयोजना गरिने जनाएको छ।

माओवादी केन्द्रले अभियानलाई संगठन सुदृढीकरणसँगै स्थानीय तहमा जनसंपर्क विस्तार गर्ने अवसरका रूपमा लिएको बताइएको छ।

तस्बिरहरू 

 

प्रतिक्रिया
सम्बन्धित समाचार