• ट्रेण्डिङ :

चाडपर्वबाट एकता र मेलमिलापको आधार बन्ने

चाडपर्वबाट एकता र मेलमिलापको आधार बन्ने

cnewsnepal

शुक्रबार, फाल्गुन २५ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ, २५ फागुन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वका माध्यमबाट सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

महाशिवरात्रिका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले, “नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवम् सांस्कृतिक रीतिरिवाज भएको मुलुक हो, प्रत्येक पर्वलाई सबैले आदर  गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ, हाम्रा यी सबै चाड–पर्व हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर हुन्”, भन्नुभएको छ ।

शिवरात्रिजस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको सभापति देउवाले सन्देशमा बताउनुएको छ ।

सभापति देउवाले महाशिवरात्रिको अवसरमा आपूm र आफ्नो पार्टीका तर्पmबाट सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदी–बहिनीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार