• ट्रेण्डिङ :

च्यासललाई हराउँदै पुलिस चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

च्यासललाई हराउँदै पुलिस चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

cnewsnepal

आइतबार, मंसिर ८ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


साविक विजेता भ्याली च्यासल युथ क्लबलाई हराउँदै विभागीय नेपाल पुलिस चन्द्रागिरी मेयर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

पुलिसले डिफेन्डिङ च्याम्पियन च्यासलमाथि १–० को जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो।

पुलिसको जितमा सुमन लामाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा पुलिसले खेलको १७ औं मिनेटमा अग्रता लिएको थियो।पहिलो हाफमा १–० ले पछि परेको च्यासलले दोस्रो हाफमा सुधारिएको खेल पस्के पनि अग्रपंक्तिमा लगातार चुकिरह्यो। गोलकर्ता पुलिसका सुमन लामा खेलको म्यान अफ दि म्याच घोषित भए।

उनलई म्यान अफ दि म्याचको अवार्ड र ५ हजार रुपैयाँ चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले प्रदान गरे।अब पुलिसले सेमिफाइनलमा बिग्रेड ब्वाइज क्लब (बिबिसी) सँग १० मंसिरमा प्रतिस्पर्धा गर्नेछ।प्रतियोगितामा आइतबार अन्तिम क्वाटरफाइनलमा नेपाल एपिएफ क्लब र सरस्वती युथ क्लबबीच दिउँसो २:३० बजेपछि प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार