• ट्रेण्डिङ :

जनताको हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमतिः अध्यक्ष दाहाल

जनताको हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमतिः अध्यक्ष दाहाल

cnewsnepal

शनिबार, जेष्ठ ३१ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


मोरङ, ३१ जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक र जनताको वृहत्तर हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति गरिएको बताएका  छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति बनाएर जाने विषयमा सहमति गरिएको उल्लेख गरे ।

अध्यक्ष दाहालले सदनबाट निजामती र शिक्षालगायतका ऐन छिटो पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्य गरिएको बताए  ।

त्यस अवसरमा उनले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति फेरि राजनीतिकमा आउने सन्दर्भमा कानुन निर्माण जरुरी भएको आवश्यकता औँल्याए ।

प्रतिक्रिया
सम्बन्धित समाचार