• ट्रेण्डिङ :

जसपा आधिकारिकता विवाद टुंग्याउदै निर्वाचन आयोग

जसपा आधिकारिकता विवाद टुंग्याउदै निर्वाचन आयोग

cnewsnepal

सोमबार, साउन ११ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


११ साउन काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवाद मंगलबार (आज) टुंगो लाग्ने भएको छ ।

निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर सनाखत गराएरै आधिकारिकता टुंगो लगाउने भएको हो ।

सनाखतका लागि विहान ११ बजे कार्यकारिणी सदस्यहरुलाई आयोगको कार्यलयमा बोलाइएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षमा वहुमत रहेका कारण उनले आधिकारिकता पाउने सम्भावना बलियो छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा रहदा जसपा २ पक्षमा विभाजित भएको थियो । अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबी ओलीलाई साथ दिने र नदिने पक्षमा मत विभाजित भएको थियो ।

त्यसपछि जसपामा आधिकारिकताको विवाद सुरु भएको थियो । उक्त विवाद समाधानका लागि निर्वाचन आयोगले ५ सदस्यीय इजालस गठन गरेको थियो । सो इजालसले सबै कार्यकारिणी सदस्यलाई आयोगमै उपस्थित भएर सनाखत गराउन आदेश दिएको थियो ।

त्यसपछि अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोग र अर्का अध्यक्ष उपेन्द्र यादवलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर सर्वोच्चले उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार