५८ जनालेनै शनिबार एक कार्यक्रमको आयोजना गरि एमाले परित्याग गरेर माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एस) रोजेको घोषणा गरेका हुन् । जसमा प्रदेश सांसद पदमबहादुर रोकाया पनि रहेका छन् ।
प्रदेशसभा सांसद रोकायासहित नगरपालिकामा जितेका सबै वडाध्यक्षहरुले निर्वाचना आयोगमा पुगेर नेकपा (एस)मा सनाखत गरिसकेका छन् ।
निर्वाचन आयोगले कानुनत पार्टी विभाजन भएपश्चात सबै पदाधिकारीहरुलाई दल रोज्न भदौ २२ गतेसम्म दल रोज्ने समय दिएको छ ।
एमाले परित्याग गरेका नेकपा एसका नेताहरुले निकालेको बिज्ञप्तिमा केपी शर्मा ओलीको दम्भका कारण पार्टी छोड्नु परेको बताएका छन् ।